कोरोना भाइरसबाट बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

कोरोना भाइरसबाट बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन


एजेन्सी

४ पुस २०७७, शनिबार


नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो ।

फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहनु भएका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए।
सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।

अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् । ‘हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,’ उनका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीलाई बताए ।

अर्को एक श्रोतले भनेको छ, ‘उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उनको निधन भएको हुनसक्छ ।’ उनले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए । तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उनले राजीनामा दिएका हुन् ।

तर उनले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिादै आएका थिए। आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस