सप्तरीमा विद्युत सट भएर गोठमा आगो लाग्दा एक जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सप्तरीमा विद्युत सट भएर गोठमा आगो लाग्दा एक जनाको मृत्यु


३ पुस २०७७, शुक्रबार


राजविराज । सप्तरीमा शुक्रबार बिहान विद्युत सट भएर गोठमा आगो लाग्दा एकजना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहर कार्यालय सप्तरीका अनुसार गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको मृत्यु भएको हो।

आगोले गोठमा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको उनका छोरा मिश्रीलाल यादवले बताए। आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रण गरेका छन्। आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको सप्तरी प्रहरी प्रवक्ता भुवनेश्वरप्रसाद साहले बताए।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको छ। घटनाको थप अनुसन्धान कार्य भइरहेको साहले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस