१७ कार्यालय अनुगमन गर्दा ९८ कर्मचारी अनुपस्थित, ३ दिन भित्र स्पष्टिकरण दिन कार्यालय र कर्मचारीलाई पत्र « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

१७ कार्यालय अनुगमन गर्दा ९८ कर्मचारी अनुपस्थित, ३ दिन भित्र स्पष्टिकरण दिन कार्यालय र कर्मचारीलाई पत्र


३ पुस २०७७, शुक्रबार


रुकुम । रुकुम पश्चिम जिल्ला प्रशासनले १७ वटा कार्यालयमा छड्के अनुगमन गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले बुधबार जिल्लाका संघ र प्रदेश अन्तर्गतका १७ वटा सरकारी कार्यालयको अनुगमन गर्दा १३ वटा कार्यालयका झन्डै एक सयको हाराहारीमा कर्मचारी अनुपस्थित रहेको भेटिएको हो।

प्रजिअ गैह्रेले जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा जस्ता कार्यालयमा छड्के अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको बताए।

ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्राचार गरेको छ।

‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइसकेको छ,’ प्रजिअ गैह्रेले भने, ‘चित्तबुझ्दो स्पष्टिकरण नआए ती कर्मचारीलाई विभागीय कारबाही हुन्छ।’

तीन दिनभित्र स्पष्टिकरण सोध्न पत्राचार गरिएको भए पनि भौगोलिक जटिलताका कारण पत्र आउन भने हप्ता दिन लाग्ने सक्ने हुँदा एक हप्तासम्म प्रशासनले जवाफको प्रतीक्षा गर्ने प्रजिअ गैह्रेले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस