पिजी परीक्षा पुस १८ देखि, कोरोना सङ्क्रमितका लागि छुट्टै व्यवस्था « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पिजी परीक्षा पुस १८ देखि, कोरोना सङ्क्रमितका लागि छुट्टै व्यवस्था


२ पुस २०७७, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा यही पुस १८ गतेदेखि सुरु हुने भएको छ।

सर्वोच्च अदालतले बुधवार मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा आयोगले आज परीक्षाको नयाँ मिति सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको परीक्षा मिति अनुसार पुस १८, १९ र २० गते परीक्षा हुनेछ।

आयोगले कोरोना सङ्क्रमितका लागि छुट्टै व्यवस्था समेत गरेको छ। सङ्क्रमितले पिसिआर रिपोर्टसहित अग्रिम जानकारी गराउनु पर्ने आयोगले जनाएको छ।

यसअघि चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फाराम भरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस