राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका असिष्टेन्ट सव-इन्जिनियर गुरुङमाथि भ्रष्टाचार मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका असिष्टेन्ट सव-इन्जिनियर गुरुङमाथि भ्रष्टाचार मुद्धा


२ पुस २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, स्याङजाअन्तर्गत भीरकोट नगरपालिकामा रहेको भुकम्प शाखाकी असिष्टेन्ट सव–इन्जिनियर भगवती राउत गुरुङमाथि घुस लिएको आरोपमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

गुरुङले सेवाग्राहीको भुकम्पबाट क्षति भई पुनर्निर्माणमा परेको घर पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट उपलब्ध हुने रकममध्ये अन्तिम किस्ताको रकम भुक्तानीमा सहजीकरण गरी दिएवापत सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस माग गरेको भन्ने उजुरी र सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजलाई उक्त रकम लिइसकेको अवस्थामा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको थियो।

आयोगले निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको देखिएकाले निज गुरुङलाई बिगो पाँच हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेकोे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस