२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा फर्कियो

अ+ अ-

काठमाडौँ । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ। अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ।

चाङ्ग–अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ। चाङ्ग–अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो।

ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएको थियो। उसले कति नमुना सङ्कलन गर्‍यो भन्ने स्पष्ट छैन, तर सम्भवत २–४ किलो सामान हुनुपर्छ।

त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो।

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४०० किलो सामग्री सङ्कलन गरेका थिए।

तर ती नमुनाहरू धेरै पुराना थिए । तीन अर्ब वर्षभन्दा बढी पुराना। चाङ्ग–अ फाइभले ल्याएको चट्टान र धूलो भने अलि फरक नै हुनुपर्छ।

चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ।

यो क्षेत्रबाट ल्याइएको नमुना भने १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ। त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्रीरुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्न सक्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस