महासङ्घको अध्यक्षमा भारती चयन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महासङ्घको अध्यक्षमा भारती चयन


१ पुस २०७७, बुधबार


ताप्लेजुङ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखाको अध्यक्षमा राजेन्द्र भारती चयन भएका छन् । आज सम्पन्न महासङ्घको आठौँ जिल्ला अधिवेशनबाट भारती अध्यक्षमा सर्वसम्मतले चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा नरबहादुर सोनाम, सचिवमा हर्कराज गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ, कोषाध्यक्षमा लीला सुनुवार तथा सदस्यमा शान्ति सिवा र कौशिला मादेन रहेका छन् । अध्यक्षमा चयन हुनुभएका भारतीले जिल्लामा रहेका घरेलु तथा साना उद्योग र व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि कुमार सिवा महासङ्घको जिल्ला अध्यक्ष थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला समिति जिल्ला अध्यक्षमा विष्णु श्रेष्ठ चयन भएकी छन् । उक्त समितिको उपाध्यक्षमा कौशिला मादेन, सचिवमा नैनकला गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ र कोषाध्यक्षमा शान्ति सिवा चयन भएको जनाइएको छ । यस्तै सदस्यमा वीरमाया शेर्पा र लीला सुनुवार रहेकी छन् । महासङ्घको अधिवेशनसँगै छैटौँ महिला उद्यमी सम्मेलन पनि आजै सम्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस