नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस ५ गते बस्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस ५ गते बस्ने


प्रशासन संवाददाता

१ पुस २०७७, बुधबार


काठमाडौँ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक भर्खरै सकिएको हो ।

बैठकमा स्थायी कमिटी बैठक पुस ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सहमति बनपछि बैठक बसेको थियो । उनीहरुबीच भदौ २६ गतेकै निर्णयमा फर्कन सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस