नेकपा सासंदको टोली विषेश अधिवेशनको माग गर्दै शीतलनिवासमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा सासंदको टोली विषेश अधिवेशनको माग गर्दै शीतलनिवासमा


१ पुस २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सासंदहरुको एक टोली संघिय संसदको विषेश अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

तर राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल कार्यालयमा नभएकाले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । सचिव पौडेललाई लाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस