आफ्नै तस्वीर कुरुप बनाइ इन्स्टामा राख्ने इरानी किशोरीलाई १० वर्ष जेल सजाय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफ्नै तस्वीर कुरुप बनाइ इन्स्टामा राख्ने इरानी किशोरीलाई १० वर्ष जेल सजाय


एजेन्सी

१ पुस २०७७, बुधबार


काठमाडौँ। आफ्नो अनुहारलाई कुरुप बनाइ अनलाइनमा पोस्ट गर्ने एक इरानी युवतीलाई दश वर्षको जेल सजाय भएको छ । शहर ताबर नाम राखेकी १९ वर्षीया फतेमिह खिसभन्दलाई उनको अनलाइन गतिविधिका कारण गत वर्ष नै प्रहरीले गिरफ्तार गरेको थियो।

फतेमिहका चार लाख ८६ हजार इन्स्टाग्राम फलोअररस छन् । उनले इन्स्टामा आफ्नो डरलाग्दो जोम्बिज अनुहार एडिट गरेर अपलोड गरेकी थिइन् । इरानी अदाललते उनलाई युवाहरुलाई बिगारेको र इस्लामिक गणतन्त्रको कानूनलाई अवज्ञा गरेको ठहर गरेको छ।

कोभिड १९ महामारीमा उनी हिरासतबाट बाहिर आएकी थिइन् । आफ्ना केही तस्वीरमा हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तै देखिने फतेमिहले अभिनेत्री जोलीलाई आफ्नो रिहाईका लागि अभियान चलाउन आग्रहसमेत गरेकी थिइन् ।

उनी इस्लामिक गणतन्त्र मुलुक इरानले महिलाहरुलाई दमन गरेको इतिहासको बर्खिलाप उभिएकी थिइन् । अदालतले उनलाई पहिले त ईश्वर निन्दाको आरोप लगाएको द गार्जियनले लेखेको छ । साथै हिंसा भड्काउने गतिविधि गरेको, अनुपयुक्त माध्यमबाट कमाई गरेको र युवाहरुलाई भ्रष्ट हुन प्रेरित गरेको आरोपसमेत ती युवतीमाथि छ । चार आरोपमध्ये दुई वटाबाट भने उनले उन्मुक्ति पाइसकेकी छन् ।

अझै पनि उनले कानुनबाट क्षमा पाउने अपेक्षा राखेकी छन् । गत अक्टोबरमा उनले आम माफी समेत मागेको थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस