२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

अ+ अ-

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो । तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच बजारमा कालोबजारी बढेको जनगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र सहजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको प्रमुख सिंहले जानकारी दिए । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, पञ्जालगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस