नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी


प्रशासन संवाददाता

१ पुस २०७७, बुधबार


नाइजेरिया । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए ।

जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन ।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पुर्याउन पहल लिइरहेको छ ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी फिताशनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस