संवैधानिक परिषद् बैठक सम्पन्न, राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री सितलनिवासमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संवैधानिक परिषद् बैठक सम्पन्न, राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री सितलनिवासमा


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । अध्यादेश जारी गरेको केही घण्टापछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले कुनै निर्णय भने नगरेको बुझिएको छ ।

स्रोतका अनुसार बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको थियो ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

आफूसहित तीन जना सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट मङ्गलवारै जारी भएसँगै ओलीको पार्टीभित्रै चर्को आलोचना भइरहेको छ । उनी विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कडा प्रतिवाद गर्ने रणनीति बनाएसँगै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस