यस्तो छ संवैधानिक परिषद नयाँ अध्यादेश (पूर्णपाठसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ संवैधानिक परिषद नयाँ अध्यादेश (पूर्णपाठसहित)


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । सरकारले मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको छ ।

अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएको थियो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस