अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् ।

उनले मंगलबार सामाजिक संजाल फेसबुकमा स्टयाटस पोष्ट गर्दै सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गरेका छन् ।

सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछि उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु असफलताको बाटो हुने टिपणी गरेका छन् ।

उनको फेसबुक स्ट्याटस:

फेरि अध्यादेश !
सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।।

Posted by Janardan Sharma on Tuesday, 15 December 2020

Tags :
प्रतिक्रिया दिनुहोस