संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग


प्रशासन संवाददाता

३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।

उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेलामा पार्टीसँग कुनै परामर्श नगरी कुनै कारको जानकारी समेत नदिएर अध्यादेश ल्याउनुमा कुनियत रहेको दावी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस