भुक्तानी माग्दै उखु किसानको आन्दोलन सोमबार पनि जारी (फोटोफिचर) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भुक्तानी माग्दै उखु किसानको आन्दोलन सोमबार पनि जारी (फोटोफिचर)


२९ मंसिर २०७७, सोमबार


काठमाडौँ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरु पुन: आन्दोलित भएका छन् । गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै आइतबारदेखी पुन आन्दोलित भएका हुन् ।

किसानले आफ्नो परिश्रमको कमाई भक्तानीको माग गर्दै आन्दोलन सोमबार पनि जारी राखेका छन् । उनीहरुले माइतीघर मण्डलामा विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन्। शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौँ आइपुगेका थिए ।

किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका थिए । चाररपाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस