थप एक सचिवको दरबन्दी कटौती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप एक सचिवको दरबन्दी कटौती


२८ मंसिर २०७७, आइतबार


सचिव

काठमाडौँ । सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्य बोझअनुसार सहसचिवकै दरबन्दी पर्याप्त हुने निष्कर्षका आधारमा केही दिन अघिको मन्त्रिपरिषद्को बैठकले सचिवको दरबन्दी कटौती गरेको हो ।

केही साता अघिको बैठकले नै सचिवको दरबन्दी काट्ने निर्णय गरेको भए पनि कानूनीरुपमा मिलाउन समय लागेको थियो ।

गत महिना काठमाडौँ महानगरपालिकामा रहेको सचिवको दरबन्दी पनि कटौती गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस