कोरोना संक्रमणबाट बाँकेमा एक शिक्षा अधिकृतको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोरोना संक्रमणबाट बाँकेमा एक शिक्षा अधिकृतको मृत्यु


प्रशासन संवाददाता

२८ मंसिर २०७७, आइतबार


बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृतसमेत रहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५० वर्षीय दानबहादुर विष्टको मृत्यु भएको हो

अधिकृत  विष्टको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार बिहान साढे ३ बजे मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर २७ गते बेलुका अस्पताल भर्ना गरिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस