ललिता निवास जग्गा प्रकरणका आरोपित दीप बस्न्यात विशेष अदालतमा हाजिर भए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललिता निवास जग्गा प्रकरणका आरोपित दीप बस्न्यात विशेष अदालतमा हाजिर भए


२८ मंसिर २०७७, आइतबार


काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात आइतबार विशेष अदालतमा हाजिर भएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा संलग्न भएको आरोप लागेपछि बस्न्यातसहित १७५ जनाविरुद्ध २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता भएका थियो ।

उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।

बयान सकिएपछि विशेष अदालतले बस्न्यातलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान चलिरहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस