काठमाडौँ । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले आफ्ना नाकगरिकहरुलाई फाइजर/बायोएनटेक खोप दिन लागेको हो ।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनि दाबी गरेको छ ।
यो खोप लगाउन एफडीएले गत शुक्रबार मात्रै अनुमति दिएको थियो । बीबीसीका अनुसार खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएका छन् ।
अमेरिका कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।