देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


प्रशासन संवाददाता

२७ मंसिर २०७७, शनिबार


काठमाडौँ  । आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार बिहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको मौसम आंशिक बदली भएको छ। तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु लागेको छ। दिउँसो काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहने छ। बिहान उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

यस्तै दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिएका छन्। प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस