स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्य मन्त्रीलाई बोलाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्य मन्त्रीलाई बोलाउने


२६ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।

त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न नसकेपछि अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस