२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छ : पोखरेल

अ+ अ-

चन्द्रौटा । मुख्यमन्त्री शङ्कर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाएका छन् । मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको जनाउँदै उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएको बताए ।

शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरीय सरुवा रोग निर्माणको काम अघि बढेकाले नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउँदै जिल्लामा सिंचाइका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनाउ डाइभर्सन योजनाले पूर्ण रुपमा सिंचाइ गर्न सकिने जनाए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैलाको समस्या रिफ्रेस सेन्टरले हटाएको बताए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण संरक्षण र विकासनिर्माणमा द्वन्द्व भएकाले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने विचार राखे ।

दुई वर्षभित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु तीन करोड ६४ लाख लागतमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेष्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेशन, चालक कक्षलगायत संरचना बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस