चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते


२६ मंसिर २०७७, शुक्रबार


चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सवार दुर्घटनामा ११ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे-चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बोलेरो आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । त्यसपछि करेन्ट सर्ट भएको थियो । हालसम्म मृतकको परिचय खुलेको छैन भने घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस