भोलि लोक सेवाले शाखा अधिकृतको विज्ञापन गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोलि लोक सेवाले शाखा अधिकृतको विज्ञापन गर्दै


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले मङ्सिरको अन्तिम बुधवार(भोलि) अप्राविधिक अधिकृतको विज्ञापन गर्दै छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित हुने भएको हो ।

प्रशासन उच्च स्रोतका अनुसार पाँच सयको हाराहारीमा विज्ञापन हुँदै छ । यस पटक लेखातर्फ अलि धेरै पदको विज्ञापन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस