२८ मङ्सिरबाट मनकामना मन्दिर खुला गरिने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

२८ मङ्सिरबाट मनकामना मन्दिर खुला गरिने


२३ मंसिर २०७७, मंगलबार


गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आगामी २८ मङ्सिरबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । कोभिड-१९ का कारण नौ महिनापछि सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

मनकामना क्षेत्र विकास समितिको मङ्गलवार बसेको बैठकले २८ मङ्सिरबाट खुला गर्ने निर्णय भएको समितिले जनाएको छ । कोभिड-१९ को प्रभावका कारण गत चैतदेखि मनकामना मन्दिर बन्द रहेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुला गरिने समितिका एक सदस्यले जनाएका छन् । उनका अनुसार मनकामना क्षेत्रलाई धार्मिक स्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस