सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ । । उनीहरुको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस