सुनको मुल्य आज एकै दिन प्रतितोला १ हजार ५ सयले बढ्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मुल्य आज एकै दिन प्रतितोला १ हजार ५ सयले बढ्यो


२३ मंसिर २०७७, मंगलबार


सुन

काठमाडौँ । आज (मंगलबार) सुनको मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।

२ दिन यता ३ सय रुपैयाँले गिरावट आएको सुनको मुल्य आज एकै दिन एक हजार ५ सय रुपैँयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कारोबार भइरहेकोले छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि आज बृद्धि भएको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस