आगलागीबाट १२ लाखको क्षति « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आगलागीबाट १२ लाखको क्षति


२३ मंसिर २०७७, मंगलबार


आगलागी

मलङ्गवा । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।

विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस