मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा थप दस्तुर (जरिवाना) नलाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ ।

यातायात व्यवस्था कार्यालय ठूलोभर्याङले ‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार लाइसेन्स नवीकरणमा लाग्ने जरिवाना छुट मंसिर मसान्तसम्म भएको,’ सूचना जारी गरेको छ ।

यसअघि कोभिड १९ का काण लकडाउन भएपछि भदौ मसान्तसम्म नवीकरण गर्न सकिने सूचना जारी गरिएको थियो । तर, भदौ मसान्तसम्म पनि लकडाउन पूर्ण रुपमा नहटेको, चाडपर्व तथा विविध कारण कार्यालयहरु पूर्ण रुपमा नखुलेकाले मंसीरसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो । सोही प्रस्ताव बमोजिम मन्त्रिपरिषद्ले मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस