अख्तियारद्धारा राजविराज नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारद्धारा राजविराज नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


२२ मंसिर २०७७, सोमबार


अख्तियार

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाको नगरभित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना प्रकरणमा नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगर कार्यपालिकाका सव-इन्जिनियर सत्यजीवकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र सेभ द नेपाल, राजविराजका कोषाध्यक्ष ललितनारायण झाविरूद्ध अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मूल्याङ्कन अधिकृत रिमालविरुद्ध ७ लाख ८६ हजार, मूल्याङ्कन अधिकृत सूचना तिमल्सिनाविरुद्ध ९ लाख ८९ हजार , प्रोपाइटर कर्णविरुद्ध ७ लाख ८६ हजार, सेभ द नेपाल, राजविराज र तार जालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समितिकाअध्यक्ष झाविरुद्ध १७ लाख ७५ हजार र कोषाध्यक्ष झाविरुद्ध ७ लाख ८६ हजार बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ।

सडकको दायाँ-बायाँ किनारमा वृक्षारोपण गर्न निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस