बेहुली बन्दा यस्ती देखिइन् स्वेता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेहुली बन्दा यस्ती देखिइन् स्वेता


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । नायिका स्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छन्। उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा भएको हो।

यो स्वेताको दोस्रो विवाह हो। उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो। त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन्। खड्काले सामाजिक सञ्जालमा आइतबार मन छुने स्टाटस लेख्दै आफू विवाहबन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन्।

विवाहका लागि सजिएकी स्वेताले आफ्ना इन्स्टाग्राममा विजयन्द्रसँगका केही तस्बिर राखेकी छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस