श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित भैरहवाबाट एकजना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित भैरहवाबाट एकजना पक्राउ


२२ मंसिर २०७७, सोमबार


बुटवल । प्रहरीले स्रोत नखुलेको साढे १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनिया श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सयदरका १२३० थान गरी १६ लाख ५० हजार रुपैयाँ लिएर हिँड्दै गर्दा भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ।

चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि श्रोत नखुलेको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाई गत बिहीबार पक्राउ गरिएको लगरिएको थियो । त्यसको पर्सीपल्ट शनिबार बनिया श्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन्। गुप्ता र बनिया दुबैजना भारतको सुनौलीबाट भैरहवातर्फ आउँदै गर्दा एउटै स्थानबाट पक्राउ परेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस