नम्रता श्रेष्ठ बनिन् मिस नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल


२० मंसिर २०७७, शनिबार


काठमाडौँ । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिवार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा।पुकार मल्ल, डा।राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीलगायत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस