दाङ । दाङको तुलसीपुरका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाका ४५ वर्षका एक पुरूषको गए राति मृत्यु भएको हो। उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको थियो। कोरोना संक्रमण देखिएपछि उनी गत मंसिर ८ गते अस्पताल भर्ना भएका थिए।
यस्तै तुलसीपुर ५ का ८१ वर्षिय एक पुरूषको कोहलपुर मेडिकल कलेजमा गए राति मृत्यु भएको छ। उनी मंसिर १३ गते अस्पताल भर्ना भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।