आज देशभरको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आज देशभरको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना


१९ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा मौसम बदली भएको हो ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा पानी पर्ने हाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए । अहिले देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागको एक/दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

शु्क्रबार बिहान काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ७ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो २१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस