पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन 


प्रशासन संवाददाता

१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ। पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित घरमै उनको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वाँर केही दिन अगाडी कोरोना संक्रमण मुक्त भएका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए ।

उनका दुई छोरा र चारजना छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस