गुणस्तर र शुल्कको अनुगमन गर्न भन्दै छुट्टै बोर्ड गठन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुणस्तर र शुल्कको अनुगमन गर्न भन्दै छुट्टै बोर्ड गठन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । सरकारले सरकारी र निजी अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तर र उपचार शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी गरेको छ ।

अस्पतालपिच्छे स्वास्थ्य उपचार सेवाको गुणस्तर र शुल्क फरक-फरक हुने गरेको गुनासो आएपछि अधिकार सम्पन्न बोर्ड गठन गरेर अनुगमन गर्ने र सोही अनुसार नियमन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताएका छन् ।

‘स्वास्थ्य संस्थाहरूले दिने सेवा र मूल्यको अनुगमनको आवश्यकता महसुस भएको र यसका लागि कानुन नै बनाएर अधिकार सम्पन्न बोर्ड गठनको तयारी भएको सचिव अर्यालको भनाई छ ।

बुधवार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै सचिव अर्यालले कानुन बनाउनका लागि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर ड्राफ्टको काम चलिरहेकोसमेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस