बुधबार देशभर १४९० संक्रमित थपिए, १५६७ जना कोरोनामुक्त, ९ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुधबार देशभर १४९० संक्रमित थपिए, १५६७ जना कोरोनामुक्त, ९ जनाको मृत्यु


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ। नेपालमा आज (बुधबार) १४९० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ ।

पछिल्लो २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६०५ जना क्वारेन्टिनमा छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस