अनियमितता आरोपमा नेपाल प्रहरीका एसपीद्वय र इन्स्पेक्टर निलम्बित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनियमितता आरोपमा नेपाल प्रहरीका एसपीद्वय र इन्स्पेक्टर निलम्बित


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस