भारती सिंहको जमानत खारेज गर्न माग गर्दै एनसिबी पुग्‍यो अदालत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारती सिंहको जमानत खारेज गर्न माग गर्दै एनसिबी पुग्‍यो अदालत


एजेन्सी

१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । भारतको नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसिबी) भारती सिंह र उनका पतिको जमानत खारेज गर्न माग गर्दै अदालत पुगेको छ ।

एनसिबीले एनडीपीएस अदालत (मादक पदार्थ निषेध कानुन अन्तरगत काम गर्ने अदालत) समक्ष गाँजासहित पक्राउ परेकी हास्य कलाकार भारतीय सिंह र उनका पति हर्षको जमानत खारेज गर्न अपिल गरेको हो ।

२१ नोभेम्बरमा एनसिबीले खान तलासीका क्रममा घर तथा कार्यालयबाट गाँजा बरामद गरेपछि उनीहरूलाई पक्राउ गरेको थियो। सो क्रममा घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो। त्यसपछि उनीहरू जनही १५–१५ हजार भारू जमानतमा छुटेका थिए।

एनसिबीले जमानत खारेज गर्न अपिल गर्दै तल्लो अदालतले दिएको न्यायिक हिरासतमा आदेशलाई कायम राख्दै सोधपुछका लागि आफूहरूसमक्ष सुम्पन अदालतसँग माग गरेको छ। उक्त अपिलमाथि सुनिवाइ गर्दै सो अदालतले भारती र उनका पतिलाई अदालतमा उपस्थित हुने आदेश दिएको छ। आगामी साता यस बारेमा सुनुवाइ हुने सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस