वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रूपमा गर्नुपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी भुक्तानी गर्दा लागत शुल्कबाहेक अन्य कुनै पनि प्रकारको थप शुल्क व्यहोर्नु नपर्ने समेत विभागले स्पष्ट पारेको छ ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस