राष्ट्रिय गौरवका आयोजनामा परेको कोरोना प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय गौरवका आयोजनामा परेको कोरोना प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन


१६ मंसिर २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना निर्माणमा कोरोना भाइरस(कोभिड–१९)ले पारेको प्रभाव अध्ययन गर्नका लागि संसदीय उपसमिति गठन भएका छन् ।

चालु २२ वटा राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्न र त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उपसमिति गठन गरेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वनय समितिको मंगलबारको बैठकले २२ वटा राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्नका लागि तीनवटा उपसमिति गठन गरिएको छ ।

१४ सदस्यीय समितिलाई तीन समूहमा विभाजन गरिएको छ । दुई समूहलाई सात–सात राष्ट्रिय गौरवका आयोजना र एउटा समूहलाई आठ परियोजनाको अध्ययनको जिम्मा दिइएको छ । प्रत्येक समूहमा चार–चार सांसदहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस