घुससहित सवइन्जिनियर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुससहित सवइन्जिनियर अख्तियारको नियन्त्रणमा


१६ मंसिर २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाका एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई  स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउतलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

भूकम्प पुनःनिर्माणको घर बनाउन आएको रकम निकासाबापत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो

भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस