काठमाडौँ । आज विश्व एड्स दिवस, नेपालमा पछिल्लो समयमा एचआइभी सैक्रमितहरु समाजमा खुल्न थालेका छन् । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको हो ।
एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए।
नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ ।हालसम्म ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ भने १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर रहेको छन् ।
सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्युको छ ।
सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने कुरा सरकारलाई थाहा छैन । त्यसैले ती संक्रमितले समेत सो रोग फैलाउन सक्ने सरोकारवालाको भनाइ छ । तंथ्याङ्कअनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो । दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु समेत हुने गरेको छ ।
नेपालमा सन् २०१० को तुलनामा सन् २०१९ नयाँ संक्रमण ६४ प्रतिशतले घटेको भने ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । सरकारले यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।