अछाममा बस दुर्घटना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अछाममा बस दुर्घटना


१५ मंसिर २०७७, सोमबार


कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका–३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उनको उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । घाइते सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको छ ।

बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस