वीर अस्पतालका आन्दोलनरत कर्मचारीले लगाए पदाधिकारीको कार्यकक्षमा ताला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वीर अस्पतालका आन्दोलनरत कर्मचारीले लगाए पदाधिकारीको कार्यकक्षमा ताला


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । वीर अस्पतालका ४२ दिन देखी आन्दोलनरत कर्मचारीहरुले अस्पालका कार्यकक्षमा ताला लगाएका छन् ।
४२ दिन देखी निरन्तर आन्दोलन गर्दा पनि माग पूरा नभएपछि आन्दोलनरत कर्मचारीहरुले वीर अस्पतालका पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका हुन् ।

कोरोना भाइरसकमे संक्रमणको उच्च जोखीममा अहोरात्र खटिएका कर्मचरीको कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए ।

४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई नभएपछि अस्पताल पधाधिकारी, लेखा र खरीद इकाइ कक्षमा ताला लगाइएको आन्दोलनमा सहभागी तथा नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

‘हामी यहाँ आन्दोलन गर्दा अस्पतालका कर्मचारीहरु बाहिर होटलमा गएर कागजी काम गर्ने भएकाले बाध्य भएर ताला लगाएका हौ,’ आचार्यले भने, ‘तर, सेवा अवरुद्ध गरेका छैनौँ ।’

वीर अस्पतालमा आन्दोलन चलिरहेपनि अस्पतालको सेवा भने रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस