नेकपा सचिवालय बैठकमा ओलीको छुट्टै प्रस्ताव, अब दुबै प्रतिवेदनमाथि छलफल हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठकमा ओलीको छुट्टै प्रस्ताव, अब दुबै प्रतिवेदनमाथि छलफल हुने


१३ मंसिर २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव पेस गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएका छन् । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गते नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अर्को बैठक बस्ने बस्ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ । यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस