काठमाडौँ महानगरपालिका–३१ का कांग्रेस इकाइ सभापतिको निधन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरपालिका–३१ का कांग्रेस इकाइ सभापतिको निधन


प्रशासन संवाददाता

१३ मंसिर २०७७, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ । शनिवार बिहान सिभिल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौँको पुरानो बानेश्वर स्थायी घर भएका कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनी तीन साता अगाडि कोरोना संक्रमण मुक्त भएका थिए ।

ेगएराति सुगर बढेर बिहानपख स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतको भनाइ छ ।

२०५४ सालमा वडा नं. ३१ को वडा सदस्यमा निर्वाचित कोइराला गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्यासी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस